Wed, Feb 19, 2025
माघ २२ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतिताेला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।