निरन्तर दोस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

Mar 17, 2025 03:17 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १०.१४ अंक घटेर २७०४.७० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ५७ हजार ५८५ पटकको कारोबारमा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको ९९ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैंकको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलुम्दी हाइड्रोको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, यस दिन एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।




comments powered by Disqus

दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।