धेरै नाफा खोज्दा डुबिन्छ, शेयर बजारमा डुब्नबाट कसरी जोगिने ?

Mar 20, 2025 06:30 PM Merolagani



पछिल्लो दुई हप्तादेखि बजार निरन्तर रुपमा घटेको छ । बजार २९२९ को विन्दु वरपरबाट निरन्तर घटेर २६६९ को विन्दुमा झरेको छ ।

बिहीबार बजार १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा झरेको छ भने ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बजार सूचकसँगै कारोबार रकम समेत सुस्ताएको छ । लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामै छन्। अनुभवी लगानीकर्ता पनि बजारको विषयमा आँकलन गर्न सकिरहेका छैनन् । बजार बढ्ने आशामा रहेका लगानीकर्ता दिन प्रतिदिन झन् झन् निरास बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मुलुकमा देखिएको राजनीतिक अस्थिरताको प्रभाव बजारमा परेको लगानीकर्ता आदित्य शिवाकोटीको बुझाई छ । तर बजारमा भएको तरलताको अवस्था राम्रो हुँदासम्म डराउनु पर्ने अवस्था नरहेको शिवाकोटीको बुझाई छ ।

अकोतर्फ लगानीकर्ताले नाफा बुक गर्न नजान्दा पनि गुमाउनु परेको छ । सचेत लगानीकर्ताले यही मार्केटबाट पनि कमाएका छन् । ‘दोस्रो बजार भनेको त्रिशुली हो । त्यहा जत्रो भाँडो ल्याएको उति लैजाने हो । धेरै खोजेर त्रिशुली खोलामा भित्र गए भाँडोसहित डुब्ने डर हुन्छ’ शिवाकोटीले भने ।

 




comments powered by Disqus

मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।