उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM mero lagani



कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ । 

तर, अनेक कारणले गर्दा सधैजसो चर्चामा आइरहने काठमाण्डौ महानगरपालिकामा भने पछिल्लो पटक अनौठो दृश्य देखिएको छ । मेयर बालेनले बैठक छल्नको लागि विदेश भ्रमण नै रद्ध गरेका छन् ।

शहरी विकास योजनासम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार जापान जाने तयारी गरिरहेका मेयर बालेनले अन्तिम समयमा भ्रमण स्थगित गरेका छन् । बालेन र उनको सचिवालयले आयोजकहरुलाई ‘व्यक्तिगत कारण’ले कार्यक्रममा उपस्थित हुन नसकेको खबर पठाए भने त्यसबारेमा सार्वजनिकरुपमा भने केही जानकारी दिएका छैनन् ।

स्रोतका अनुसार बालेनले जापान भ्रमण स्थगित गर्नुको मुख्य कारण महानगरपालिकाको कार्यपालिका वैठकलाई छल्ने प्रयास हो । हरेक महिना वस्नु पर्ने कार्यपालिकाको वैठक पुरानो वसपार्कको टावरसम्वन्धि विवाद चर्किएपछि मंसिर यता बसेको छैन । मेयर विदेश भ्रमणमा जांदा उपमेयरलाई कार्यवाहक दिनु पर्छ । पछिल्लो समय उपमेयर सुनिता डंगोल मेयर बालेनको विरुद्ध उभिएकी छन् । उनले कार्यवाहक मेयरको रुपमा कार्यपालिका बैठक बोलाएर मेयरको अधिकारलाई नै खोस्ने गरि विभिन्न निर्णयहरु गर्न सक्ने सम्भावनाको कारण मेयर बालेनले विदेश भ्रमण रद्ध गरेको बताइएको छ ।

मेयर बालेन सरकारले खटाएका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईलाई कुनै हालतमा पनि स्विकार नगर्ने अडानमा रहेका छन् । कार्यपालिका वैठक प्रमुख प्रशासकिय अधिकृतले संचालन गर्ने र निर्णय प्रकृयामा समेत भूमिका रहने भएकोले मेयर बालेनले झण्डै ६ महिनादेखि कार्यपालिका वैठक नै बोलाएका छैनन् । उपमेयर डंगोलसहित कार्यपालिका सदस्यहरुले वैठक बोलाउन पटक पटक माग गरे पनि उनले त्यसलाई बेवास्ता गरिरहेका छन् ।

कार्यपालिका बैठक नवस्दा नयाँ आर्थिक वर्षको बजेटको तयारी प्रकृया पनि अनिश्चित बनेको छ । अहिलेसम्म एक पनि नयाँ बजेटको तयारीको लागि छलफलसमेत गरिएको छैन ।

 




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।