विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीले सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २१ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ रहेको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ५९.५२ गुणा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।