प्रि ओपन सेसन अपडेटः करिब साढे १३ अंक बढ्यो नेप्से

Apr 16, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२३ अंक बढेर २७०२.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको १७९ पटकको कारोबारमा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसाबराबरको ५५ हजार २३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।