अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७७ अंक बढेर २७२४.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०६ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १५० पटकको कारोबारमा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ १० पैसाबराबरको ३७ हजार ६०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।