दोर्दी खोलाले पुनः खोल्यो हकप्रद शेयरका लागि आवेदन, छुटेका शेयरधनीहरुलाई हकप्रद भर्ने मौका

Apr 25, 2025 08:52 AM Merolagani



दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले पुनः हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला अवधि थप गरेको छ। कम्पनीले गत चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा पुनः आवेदन खुल्ला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोही निष्काशनमा हकप्रद शेयरमा आवेदन दिन छुटेका, गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुलाई आवेदन दिने अन्तिम मौका दिएको हो। कम्पनीको हकप्रद शेयरमा बैशाख १२ अर्थात आजदेखि बैशाख १४ गते आइतबारसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ’मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।