प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

May 02, 2025 11:04 AM Merolagani



प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (PMLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।