बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताए । उनले कसैको लहडका भरमा गभर्नर नियुुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाई हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताए । अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘गभर्नरको निमित्त गभर्नरसँगै आएर हलो हड्किएको छ । उहाँले अर्काको राजीनामा स्वीकृत गर्दिन भनेर लागेको जस्तो छ । सरकारले यस्लाई समाधान गर्ने बाटोमा गएको छ । हामी चाहन्छौँ कसैका लहडका भरमा यस्लाई ढिलो समय लानु हुँदैन । अर्थतन्त्र झन् चलायमान छ, धितो बोर्डको व्यापक समाचारहरु आएका छन् । आर्थिक रुपमा त्यो कमजोर भयो भने के हुन्छ ? अहिले हामी वार्षिक बजेटमाथि छलफल गरिरहेका छौँ । बजेट अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नर नै नभएको बेला राष्ट्र बैंकमा भयो भने अर्को नकारात्मक असर पर्न सक्छ, त्यसैले गभर्नर छिटोभन्दा छिटो नियुक्ति गर्नुपर्छ ।’
सांसद खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पत्ति सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताए । उनले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डहरुको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाए । उनले सम्पत्ति छानबिन वा अनुसन्धान गर्ने सम्बन्धित निकायहरु भएकाले सबै क्षेत्रमा अख्तियार सर्वेसर्वा बन्न नहुने बताए ।
उनले भने, ‘कतिपया विषयवस्तुमा नेपालमै सानासाना मुद्दालाई केन्द्रित गर्ने र ठुला मुद्दाहरु कहिल्यै नचलाउने पद्धति बढेको छ । ठूला मुद्दामा विदेशमा लगेर सम्पत्ति राख्ने र नेपाल ल्याउन समस्या छ भने त्यसलाई कानून निर्माण सरकारले गर्नुपर्छ । बदमासी गर्नेहरुको सरकारले ल्याएर सरकारले स्वतः सरकारी धनमा ल्याउने पद्धतिको विकास गर्नुपर्छ । कानून निर्माण गरेर सरकारले जफत गर्नुपर्छ । तर स्वदेशमै भएका ठुला काण्डहरुको ढिला छानबिन गर्ने र साना काण्डको छानबिन गरेर वाही बाही कमाउने पृवित्तिलाई बिस्तारै रोक्का गर्नु पर्छ । र प्रत्येक ठाउँमा एनआरएनले के गरे के गरेनन् त्यो पनि हेर्नुपर्दछ । तर सबै ठाउँमा अख्तियार नै पुग्नुपर्छ, प्राइभेटमा अख्तियार पुग्ने, एनआरएनमा अख्तियार पुग्ने बीमामा अख्तियार पुग्ने यो पद्दतीको अन्त्य गर्नुपर्छ । सरकारले दिएको अनुदानभित्र भएको बदमासी छन् भने त्यसलाई हेर्ने ठाउँमा गर्नु पर्छ । त्यसलाई अनुगमन गर्ने निकायहरु अरु छन् राष्ट्र बैंक छ, सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान छ । सबैतिर हात हालेर अख्तियार जाने होइन तर गलत ठाउँमा गएर गलत सम्पत्ति आर्जन गरेर विदेशमा लगेर थुपारेको छ भने त्यस्तो अख्तियारले पत्ता लगाएको छ भने त्यसलाई ल्याउने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’
सांसद खतिवडाले नीति तथा कार्यक्रम नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यक्रम भएकाले काँग्रेसले समर्थन गर्ने बताए । वर्तमान सरकारलाई काँग्रेसले अप्ठ्यारो नपार्ने उनको भनाइ छ ।