गभर्नर महाप्रसाद अधिकारी बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको रिटमा उल्लेख छ ।
गभर्नर अधिकारीको कार्यकाल २४ चैतमा सकिएको थियो । सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ११ चैतमै गभर्नर सिफारिस समिति बनाएको थियो । गभर्नर सिफारिस समिति गठन हुँदा पूर्व गभर्नर विजयनाथ भट्टराई रहेकोमा उनले समिति सिफारिस भएको लामो समयसम्म एकचोटी पनि बैठक नबसेको भन्दै समितिबाट राजीनामा दिएका थिए । पदमा बहाल रहेकै बेला गठन भएको समितिले काम थालिसकेको अवस्थामा अवकास लगत्तै गरिएको नियुक्ति कानुन विपरित र स्वार्थ बाझिने खालको भएको दाबी रिटमा गरिएको छ ।