प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

May 11, 2025 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १२.०४ अंक घटेर २६६१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०९ अंक घटेर २६६१.५५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ११४ पटकको कारोबारमा ३३ लाख ९६ हजार ७२२ रुपैयाँ बराबरको ७ हजार ४९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।