सुन र चाँदी दुबैको मूल्य घट्यो

May 23, 2025 10:31 AM Merolagani



जेठ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।