यी कारणहरुले यस साता बढ्यो सुन र चाँदीको मूल्य

May 24, 2025 06:09 AM Merolagani



यस साता नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ बढेको हो भने चाँदी तोलामा ६० रुपैयाँ बढेको हो।

साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार यस्तो सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा ५ हजार रुपैयाँ बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार तोलाको १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, शुक्रबार भने १ हजार १०० रुपैयाँ घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा जोखिम सम्पत्तीहरुसँग सम्बन्धित बिटक्वाइन र इक्विटीको भाउ डगमगाउनुका साथै इजराइलले थप आक्रमण गर्ने अनुमानले मध्यपूर्वमा तनाव बढ्ने अनुमानले विश्वव्यापी व्यापारमा अन्योलता छाउँदा सुरक्षित लगानीको रुपमा रहेको सुनको मूल्य बढ्न गएको विश्लेषकहरुको भनाइ छ।

यस साताको आइतबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य, शुक्रबार २ हजार ५ रुपैयाँमा कारोबार भएको छ।




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।