सरकारले शेयर बजारको लागि नै सम्बोधन गर्दा केही नीतिहरु विगतकै विषयलाई निरन्तरता दिएको छ भने केही नयाँ योजनाहरु पनि थप गरेर आगामी आर्थिक वर्षको लागि बजेट विनियाेजन भएको छ । साथै, सरकारले लिएका नीतिले शेयर बजारका लगानीकर्ताहरु खुशी भएका छन । बजेटको वाहना बनाएर बजारमा नकारात्मता फैलाउँदै बजारलाई आंतकित बनाउने खेल पनि अन्त्य भएको छ ।
पूँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने, नेपाल स्टक एक्सचेन्जको पुनसंरचना गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने र सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्ने अनुमति दिने व्यवस्था मिलाइने व्यवस्था गरिएको छ । सरकारले लिएको उक्त नीति धितोपत्र बजारका लागि नौलो होइन । विगतमा पनि यी विषयले बजेटमा स्थान पाउने गरेको छ । तर कार्यान्वयन नहुदा एउटै विषयले वर्षाै निरन्तरता पाएको हो ।
त्यसैगरी, धितोपत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपूँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी कोष र सामाजिकरण गरिने उल्लेख छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इपक्वटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गरिने भएको छ ।
लघुवित्त संस्थाहरुको संस्थागत तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरिने छ । समस्यामा परेको लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा उपलब्ध गराउने सहजीकरण गर्ने बजेटमा उल्लेख छ । उक्त योजनाले बजारमा लगानीको दायरा बढाएको र लघुवित्तका ऋणी मार्फत हुने आन्दोलन जस्ता कार्यक्रम कम हुने र बजार प्रभावित नहुने लगानीकर्ताहरुको बुझाई रहेको छ । नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत शेयर आम नागरिकमा विनिवेश गरिने र कम्पनीको संस्थाको संस्थागत सवलीकरणको लागि रणनीति साझेदारीको नीति ल्याउने भएको हो । शेयर बजारको लागि उक्त योजना नयाँ रहेको छ । यसले बजारमा सकारात्मकता प्रर्दान गर्ने लगानीकर्ताहरुको बुझाई छ ।
समग्रमा सरकारले ल्याएको बजेटले शेयर बजारको लागि उर्जा प्रदान गर्ने लगानीकर्ताको बुझाई छ । बजेटमा व्यवस्था भएका कुराहरु लागि सरकारले कार्यन्वयनमा जोड दिए शेयर बजारले स्पष्ट गति निर्धारण गर्ने लगानीकर्ताले बताएका छन् ।
पूँजी बजारको लागि सरकारले ल्याएको बजेटले जित दिलाएको नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा ठूला लगानीकर्ता छोटेलाल रौनियारले बताए । सरकारले पूँजी बजारमा लगानी गर्नको लागि खुकुलो र लगानीको दायरा बढाएको छ । बजेट आउनु पूर्व बजारलाई प्रभावित पारेका कुराबाट मुक्त गराएको छ । सरकारले पूँजीगत लाभकलाई यथावत राखेर बजारलाई उत्साहित गराएको रौनियारको भनाई रहेको छ ।
समग्रमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सकारात्मक रहेको लगानीकर्ता राजु पौडेलले बताए । अर्थमन्त्री पौडेल शेयर बजार मैत्री हुन । बजेट सार्वजनिक हुनु पूर्व विभिन्न मिडियावाजी गर्दै पूँजीगत लाभकर बढ्ने हल्ला गर्दै बजार आतंकित बनाइएको थियो । उक्त त्ररासबाट शेयर बजार मुक्त भएको छ । अझ सरकारले लगानीका दायरा बढाएको छ । जस्तो सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इपक्वटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने भन्दै बजारमा डिमाण्ड बढाउने नीति लिएको छ । साथै संस्थापक शेयरमा लगानी सहजीकरण गर्नुले पनि बजारलाई राम्रो गर्ने पौडेलको बुझाई छ ।
शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभ करको दर बढाउने हल्ला भयो । सोही कारण पछिल्ला कारोबार दिनमा बजार घट्बढ हुन सकेको थिएन । यसैको डरले बजारमा भएका बजार अनुकुलका कदमहरुलाई स्वीकार गर्न सकेन ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जाको जोखिम भार घटाएर बजारको लागि उर्जा प्रदान गरेको थियो । बजेटमा कर बढ्ने डर र हल्लाले उक्त शेयर बजार मैत्री कदमलाई प्रतिकृया जनाउन नसकेर बजार पर्ख र हेरको अवस्थामा साईडवयजमा छ । तर लगानीकर्ताले माग गर्दै आएको पूँजीगत कर नै अन्तिम हुनुपर्ने कुरालाई भने सरकारले सम्बोधन गरेन । बजार प्रति सरकारले लिएका नीतिहरु कार्यन्वयन नहुँदा त्यसको वास्तविक परिणाम नआउने समस्या देखिन्छ । यसपटक सरकारले उक्त उल्लेखित योजनालाई कार्यान्वयनमा पनि जोड दिएर बजेटलाई नतिजामुखि बनाउनु पर्नेमा जानकारहरुको जोड रहेको छ ।
समग्रमा बजेटले शेयर बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव नै पारेको हुन्छ । सामान्यतया वित्तीय सुधार हाईड्रोपावर बीमा व्यवसाय विस्तारलगायत क्षेत्रमा लिएको नीतिको प्रभाव बजारमा पर्छ । यसपटक सरकारले बजारका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सकारात्मक नीति लिएको छ । सरकारले सार्वजनिक गरेको बजेट प्रति समग्र निजी क्षेत्र सन्तुष्ट छन र यसले समग्र व्यवसाय जगत सहित शेयर बजारले कुनै प्रभाव विनानै सकारात्मक गति निर्धारण गर्नेमा लगानीकर्ताहरु आशावादी रहेका छन ।