त्यो अनुसार विहिबार ५७ जनाको सबै बैंक खाता रोक्का गरि साढे एक वर्षसम्म कुनै पनि प्रकारको शेयर खरिद विक्री गर्न नपाउने गरि कारवाही गरिएको छ । यो कारवाही प्रारम्भिक चरणको मात्र भएको र अहिले अनुसन्धान भैरहेकोले थप प्रमाण भेटिए उनीहरुमाथि अझ कडा कारवाही हुने सेवीले बताएको छ ।
कारवाहीमा पर्नेहरुमा चर्चित बलिउड अभिनेता अरशद वर्सी र उनकी पत्नी मारिया गोरेटीसमेत छन् ।
उनीहरुले विभिन्न सामाजिक संजालहरु तथा युट्युब च्यानलहरूमार्फत लगानीकर्तालाई गलत सूचना दिएर भ्रम फैलाएको र सर्वसाधारणलाई फसाएको दावी सेवीले गरेको छ ।
सेबीले गलत अरशद वर्सी र उनकी पत्नीले नियोजितरुपमै शेयर बजारको बारेमा भ्रमपूर्ण सूचनाहरु फैलाउने गरेको आरोप लगाएका छन् । त्यस्ता सूचनाहरु फैलाएर वर्सी, उनकी पत्नी मारियासहितका ती ५७ वटा कम्पनीहरुले जम्मा ५८.०१ करोड रुपैया गैरकानूनीरुपमा आर्जन गरेका थिए । अब तिनीहरूले अब त्यो रकम १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्नेछ भने कसुर हेरि तीमध्ये कतिपय जेलसमेत जान सक्छन् ।
सेवीले यो सबै प्रकरणको मुख्य भूमिका गौरव गुप्ता, राकेश कुमार गुप्ता र मनीष मिश्रा रहेको दावी गरेको छ । १०९ पेजको अनुसन्धान प्रतिवेदनमा लगानीकर्तालाई भ्रमित पार्ने योजनाको परिकल्पना उनीहरु ३ जना मिलेर गरेको र त्यसमा असरद वर्सीसमेत सहभागि भएको ठहर गरेको छ । सेवीका अनुसार यस सम्पूर्ण खेललाई दुई चरणमा पुरा गरिएको हो। पहिलो चरण– प्रमोटरहरू सम्पर्कित लगानीकर्ताहरूले एकआपसमा ट्रेडिङ गर्दै थिए, जसबाट क्रमशः शेयरको मूल्य बढ्यो । शेयरको लिक्विडिटी कम भएकै कारण, कम मात्रा व्यापार हुँदा पनि प्रभाव पर्यो ।
दोस्रो चरण–विभिन्न युट्युव च्यानलहरु प्रयोग गरेर लगानीकर्ताहरुमा भ्रम छर्दै कम्पनीका शेयरहरुको नियमितरुपमा खरिदविक्री गराउने प्रयास गरियो । त्यसको लागि वर्सीले मुख्य भूमिका खेलेका थिए ।
ती युट्युव च्यानलहरुमा बजारसँग मेल खाने झूठा गतिविधि समेत देखाइयो, ताकी लगानीकर्ताहरू आकर्षित हुन् । ती भिडियोजको पहुँच धेरै मानिससम्म पुगोस भनेर करोडौं रुपैयाँ खर्च गरी मार्केटिङ क्याम्पेन चलाइएको थियो।
सेवीले यो प्रकरणलाई ‘पम्प एण्ड डम्प स्क्याम’ को नाम दिएको छ । यो स्क्याममा पहिलो नै शेयरको मूल्य बृद्धि गरिन्छ र फेरि उच्च मूल्यमा बेचिदै मुनाफा कमाइन्छ । यसमा जब साना र सामान्य लगानीकर्ताले शेयर किन्छन्, तब ठूला लगानीकर्ताले तीलाई उच्च मूल्यमा बेच्छन् । सेवीका अनुसार यो योजनाबाट साना लगानीकर्ताले कम्तिमा ५० करोड रुपैयाँको गुमाएका छन्।