सुन र चाँदीको मूल्य बढ्यो

Jun 02, 2025 10:43 AM Merolagani



जेठ १९ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेकाे छ ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतीतोला ५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।




ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।