सुन र चाँदीको मूल्य उच्च बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Jun 03, 2025 10:33 AM Merolagani



जेठ २० गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको अवस्थामा मंगलबार तोलामै २९ सयको बढोत्तरी भएको हो ।

यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।




ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।