सुनको मूल्य स्थिर, चाँदी हालसम्मकै महँगो

Jun 06, 2025 10:50 AM Merolagani



जेठ २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हालसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्यले भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन चाँदी प्रतितोला २ हजार १५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत वर्षको कात्तिक ७ गते चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले सो दिनको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको हो। बिहीबारको तुलनामा भने यस दिन चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ बढेको हो।




‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।