सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो

Jun 09, 2025 10:50 AM Merolagani



जेठ २६ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 




‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।