तोलामा करिब ५ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीले बनायो नयाँ रेकर्ड

Jun 07, 2025 05:49 AM Merolagani



यस साता नेपाली बजारमा सुनको मूल्य तोलामा करिब ५ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, शुक्रबार १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस साता सुनको मूल्य आइतबारदेखि बिहीबारसम्म निरन्तर बढेको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

अन्तरराष्ट्रिय बजारमा देखिएको सुस्त आर्थिक गतिविधि, अमेरिकी राष्ट्रिय ऋण र भूराजनीतिक अनिश्चितताका कारण सुरक्षित लगानीको रुपमा रहेको सुनको मूल्य बढ्न पुगेको विश्लेषणहरुको भनाइ छ।

यस साता चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको अन्तिम दिन चाँदीको मूल्य प्रतितोला २ हजार १५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो। यस अघि चाँदीको रेकर्ड २ हजार १३५ रुपैयाँ थियो।




‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।