'वर्षमा २ कराेड कमाउने सीईओलाई ऋण किन चाहियाे ?'

Jul 06, 2025 01:44 PM Merolagani



नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले 'वर्षमा २ कराेड कमाउने सीईओलाई ऋण किन चाहियाे ?' भनि प्रश्न गरेका छन् । आईतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा उनले यस्ताे बताएका हुन् ।

सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गरे ।

सांसद तामाङले भने–‘सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो । उहाँहरुले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ । उहाँहरुलाई ऋण किन चाहियो ?’

धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाई छ । उनले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताए ।

उनले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताए । त्यस्तो ३ खर्ब भन्दा बढी रकम रहेको दाबी गरे । उनले पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्नेमा समेत जोड दिए । उनले यसमा अर्थसमितिले पहल गर्नुपर्ने बताए।




सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

Jul 06, 2025 02:20 PM

कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने भएपछि राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुमा चुनावी रौनक शुरु भएको छ ।