हिमालयन बैंकलाई एफपीओ निष्काशन गर्न सेबोनको अनुमति

Jul 06, 2025 06:29 PM MeroLagani



हिमालयन बैंकले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ।  प्रति कित्ता १५७ रुपैयाँ निष्काशन गर्न लागेकाे हो।

बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको अहिले साधारण सेयर हिस्सा २७.०१ प्रतिशत छ। बै‌कले सिभिल बै‌कलाई आफुमा विलय गरेपछि स‌ंस्थापककाे हिस्सा बढेर साधारण सेयरकाे हिस्सा घटेकाे हाे।

आइतबार बैंकको प्रति कित्ता सेयर २२३ रुपैयाँमा कारोबार बन्द भएको छ। बैंकको हाल २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।




सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

Jul 06, 2025 02:20 PM

कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने भएपछि राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुमा चुनावी रौनक शुरु भएको छ ।