Wed, Aug 06, 2025
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएकाे छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांशको क्याप पुनरावलोकन गर्ने बुँदा पारेपछि लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । यसअघि १५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न पाउने सीमालाई खारेज गरिने वा सीमा बढाउने रुपमा यो बुँदालाई बुझेका छन् यद्यपि राष्ट्र बैंकले सर्कुलरमार्फत कति प्रतिशतसम्म लाभांश दिन पाउने भनेर स्पष्ट पारेको अवस्था भने छैन् ।