किन भयो बजारमा फराकिलो अंकको गिरावट ?

Aug 03, 2025 05:32 PM Merolagani



निरन्तर बढेको बजार घट्न सुरु भएको छ । बजारले यस पटक पनि ३ हजारको विन्दु छोएर करेक्सन सुरु भएको हाे । पछिल्ला तीन कारोबार दिनदेखि बजारमा घट्दो गतिले निरन्तरता पाएको छ ।

साताको पहिलो कारोबार दिन अर्थात आतईबारको बजार फराकिलो अंकले घटेको छ । आजको बजार खुलेदेखि नै निरन्तर रुपमा घट्न सुरु गरेको हो । यसदिन नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ विन्दुमा झरेको छ भने १३ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । हाईक्याप कम्पनीमा दबाब पर्दा ठूलो अंकको गिरावट भयो । धेरै लगानीकर्ताको स्टपलस हिट भएकोलगायतका कुराले बजारलाई धेरै असर गरेको छ ।

बजार निरन्तर बढ्दैन र घट्दैन । सूचकमा हुने घट्बढ् बजारको स्वभाविक प्रकृया हो । तर निरन्तर ठूलो अंकको गिरावटले लगानीकर्तालाई त्रसाउने गरेको छ । ठूलो पूँजी भएका कम्पनीमा धेरै मर्का पर्दा बजारमा दबाब परेको हो । आज कारोबारमा आएका अधिकांश कम्पनी र उप समूहको परिसूचक घटेको छ । गत वर्षको यसै अवधिमा बजार ३ हजार बरपरको विन्दुबाट नै घट्न सुरु भएको थियो ।

यस पटक पनि बजार सोही विन्दुमा पुगेर घट्न थाल्दा लगानीकर्ताहरु डराएका हुन । पुनः बजारले उक्त उचाइमा पुग्नको लागि झण्डै एक वर्ष खर्चेको थियो । २५९० को आसपासको विन्दुबाट बढ्न सुरु गरेको बजार निरन्तर १७ प्रतिशतसम्म बढेपछि मात्रै बजारमा निरन्तरको करेक्सन भएको हो । पछिल्ला कारोबार दिनको घटाई सामान्य करेक्सन मात्रै भएको लगानीकर्ताहरुको बुझाई छ ।

 




कुन लघुवित्तको लाभांश क्षमता कति ?

Aug 03, 2025 10:33 AM

मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांशको क्याप पुनरावलोकन गर्ने बुँदा पारेपछि लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । यसअघि १५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न पाउने सीमालाई खारेज गरिने वा सीमा बढाउने रुपमा यो बुँदालाई बुझेका छन् यद्यपि राष्ट्र बैंकले सर्कुलरमार्फत कति प्रतिशतसम्म लाभांश दिन पाउने भनेर स्पष्ट पारेको अवस्था भने छैन् ।