प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Aug 25, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १८.०२ अंक घटेर २७३९.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३५ अंक बढेर २७४०.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३३ स्टकको ८० पटकको कारोबारमा ३६ लाख १४ हजार ६४२ रुपैयाँबराबरको ३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।