प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Aug 28, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २८२०.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको ७७ पटकको कारोबारमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ ३० पैसाबराबरको ५१ हजार ४४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।