प्रिमियर इन्स्योरेन्सकाे एफपिअाेमा ११ कित्ता सेयर पाउने यी हुन् पाँच भाग्यशाली

Feb 01, 2018 Merolagani


विहीबार बाँडफाँड भएको प्रिमियर इन्स्योरेन्स (PIC) काे एफपिअाे  प्राप्त गरेका ६५ हजार ९६२ जनामध्ये पाँच जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी ६५ हजार ९५१ जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरे । कुल एक लाख ८९ हजार ३२१ आवेदन परेको एफपीओ एक लाख २३ हजार ३७० जनाले सेयर प्राप्त गर्न सकेनन् ।

यसरी ११ कित्ता सेयर प्राप्त गर्नेहरुमा २० कित्ताका लागि आवेदन गर्ने तीन जना, ३० कित्ताका लागि आवेदन गर्ने एक जना, र एक सय कित्ता सेयरका लागि आवेदन गर्ने एक जना रहेका छन् ।

आयुष ओम मानन्धर, शंकर श्रेष्ठ, र दिवस श्रेष्ठले २० कित्ताका लागि आवेदन गर्दा ११ कित्ता सेयर पाए । आशिष रानाले ३० कित्ता र अच्युत प्रसाद अधिकारीले एक सय कित्ता सेयर आवेदन गर्दा पाँच भाग्यशाली भित्र परि ११ कित्ता सेयर प्राप्त सफल भएका हुन् ।

प्रिमियर इन्स्योरेन्सले बिहीबार बाँडफाँड गरेको थप नयाँ सेयरमा आवेदन गर्ने क्रममा लगानीकर्ताले सामान्य कुराको हेक्का नराख्ने गरेका कारण धेरै आवेदन रद्द भएको पाइएको छ । सेयर संख्या, हितग्राही खाता लगायतका विबरण सही नहुँदा २ हजार ८४६ जना आवेदकको आवेदन रद्द भएको हो ।

धेरै सेयर प्राप्त गर्ने लोभमा दोहोरो आवेदन गर्ने १२८ को आवेदन रद्द भएको छ । १० ले भाग नजाने संख्यामा आवेदन गरेका कारण ९२ जनाले सेयर प्राप्त गर्न सकेनन् । सबैभन्दा धेरै आवेदन रद्ध हुने मुख्य कारण डिम्याट खाताको गलत विबरण उपलब्ध गराउनु हो ।

गतल डिम्याट नम्बर राखि आवेदन गरेका कारण २ हजार ६२६ जनाको आवेदन रद्द भएपछि उनीहरु सेयर पाउने सम्भावनाबाट बञ्चित भएका हुन् ।

comments powered by Disqus

कुन माइक्रोफाइनान्स कुन ब्रोकरको टप होल्डिङमा ? सूचीसहित

Jul 10, 2024 05:58 AM 0

मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।