Fri, Jul 12, 2024
जेठ २५ गते, बिहीबार, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (UNLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बाँडफाँट गरेको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ।
मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।