यस कारण घट्यो हिमालयन डिष्टिलरीको नाफा

May 13, 2023 07:11 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.८५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ७८ करोड ८३ लाख रुपैयाँ थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। त्यसैगरी, कोभिड महामारीको प्रभाव घट्दै जाँदा तरलता संकुचन, कच्चा पदार्थको लागमा वृद्धि, ब्याजदरमा उच्च वृद्धिका साथै उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारण सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा कम्पनीको व्यवसायमा पनि असर परेको वित्तीय विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ८६ करोड २२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.५५ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी १७.३० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा २४.९९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३७ रुपैयाँ ५७ पैसा घटेर ३१ रुपैयाँ ६५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६३.५१ गुणा रहेको छ।

६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोषमा ८३ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

बजेटलाई टार्गेट गर्दै शेयर किन्न सुरु, घटेको मौका छोप्दै लगानीकर्ता

May 08, 2024 01:56 PM

सुवास निरौला

बजेटलाई टार्गेट गर्दै दोस्रो बजारमा शेयर किन्ने क्रम सुरु भएको छ। शेयर बजार घटेको मौका छोप्दै लगानीकर्ताले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्।