बिक्री आम्दानीसँगै घट्यो शिवम् सिमेन्ट्सको नाफा

May 12, 2023 05:01 AM Merolagani

शिवम् सिमेन्ट्स (SHIVM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिक्रीमार्फत ७ अर्ब २५ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५१.१५ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६५ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३१ करोड ९९ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ।

बिक्री आम्दानी घटेको र उत्पादन लागत बढेका कारण खुद नाफा घट्न पुगेको हो। महंगो बैंक ब्याजदर, तरलताको संकुचन, विश्व् बजारमा कोईला, डिजेल लगायतका सामानहरुको अत्याधिक मूल्य वृद्धिको प्रभाव, तेस्रो त्रैमास अवधिभर नेपाल विद्युत प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ्ग गरेका कारण वैकल्पिक उर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्न पुगेको कम्पनीले बताएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ६९ पैसा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.७९ गुणा रहेको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।