यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.२६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८५ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.०६ प्रतिशत अर्थात १ अर्ब ३३ करोड रुपैयाँ बढी हो। त्यसगरी, यस साता दैनिक औषत शेयर संख्या ३८.६४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४२.६३ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638503400149717387.jpg)
यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.८१ प्रतिशत बढेको छ। गत साता ३८४८.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २६२.०६ अंक बढेर ४११०.५१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता वित्त र लघुवित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता अन्य उपसमूहको परिसूचक ०.४४ प्रतिशत घटेको छ। गत साता १६३५.३६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७.१३ अंक घटेर १६२८.२३ १६२८.२३ विन्दुमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638503400342074275.jpg)
यस साता सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638503400457897238.jpg)
कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयरमूल्य यस साता सर्वाधिक २८.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता नेपाल फाइनान्सको शेयरमूल्य २१ प्रतिशतभन्दा बढी बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्य वृद्धिदर २० प्रतिशतभन्दा बढी रहेको छ। यस साता पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ८.५९ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638503400607540590.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता समाज लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलोपर्स, विन्ध्यबासिनी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, यस साता ग्रीनलाइफ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, खानीखोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638503400748731486.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638503400884531582.jpg)