यस साताको बजारलाई मंगलबार सार्वजनिक भएको बजेटले प्रभाव पारेको देखिन्छ। लगानीकर्ताहरुको अपेक्षा अनुसार बजेटले पूँजीबजारलाई कुनै सम्बोधन नगरेपछि, बुधबार र बिहीबार नेप्से उच्च अंकले घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.२६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ३.७० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३६ प्रतिशत घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.१४ प्रतिशत कम हो। त्यस्तै, यस साता कुल कारोबार संख्या १७.७० प्रतिशत र कुल शेयर संख्या २४.५० प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९३ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ८६ अर्बमा सीमित भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638527477146472168.jpg)
१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४० प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३७ प्रतिशत बढेको छ।
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.१६ प्रतिशत घटेको छ। गत साता ११९२.७३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ७३.४८ अंक घटेर १११९.२५ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५५.५० अंक घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638527477277521476.jpg)
यस साता ५ स्टकको कुल १२ करोड १८ लाख ७७ हजार २४२.३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता कालिका पावर, एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने रसुवागढी हाइड्रोपावरको थप शेयर सूचीकृत भएको हो। त्यस्तै, यस साता नबिल स्टेबल फण्डको इकाई पनि नेप्सेमा सूचीकृत भएको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638527477590357264.jpg)
यस साता कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक २३.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता अप्पर लोहोरे खोलाको शेयरमूल्य करिब २० प्रतिशत बढेको छ भने युनिलिभर नेपालको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन १३.७६ प्रतिशत घटेको छ भने नेरुडे मिर्मिरे लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १२.७८ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638527477867001127.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बेष्ट फाइनान्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने युनिलिभर नेपाल, माण्डु हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638527478145827981.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638527478272729737.jpg)