यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.२२ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.५९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.२८ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २६.७४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.८७ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २.६८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८३ अर्ब बढेर ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638515526966109141.jpg)
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत बढेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३२.३४ अंक बढेको छ।
होटल तथा पर्यटन उपसमूहको परिसूचक भने यस साता सर्वाधिक ३.७७ प्रतिशत घटेको छ। गत साता ५२६४.१४ विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता १९८.२० अंक घटेर ५०६५.९४ विन्दुमा झरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638515527101178799.jpg)
नेप्सेमा यस साता ४ कम्पनीको २ करोड २९ लाख ५९ हजार २८९ कित्ता शेयर सूचीकृत भएको छ। यस साता रिडि पावर कम्पनीको हकप्रद शेयर र एचआईडिसिएलको लिलामी संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो भने नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको मर्जरपश्चातको शेयर सूचीकृत भएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/638515527212773046.jpg)
यस साता श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३९.८८ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ३४ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे २५ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ९.०७ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638515527355786057.jpg)
फ्लोरसिट विश्लेषणका आधारमा यस साता उपकार लघुवित्त, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिक्लेस हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एशियन हाइड्रोपावर, पिपुल्स पावर, दिव्यश्वरी हाइड्रोपावरको शेयर मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638515527543520607.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638515527944813144.jpg)