नेपाल राष्ट्र बैंकको चैतसम्मको तथ्याँक अनुसार बैंकहरुको कुल निक्षेपमा ६१.७० प्रतिशत निक्षेप सर्वसाधारणकाे रहेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ४३ करोड रुपैयाँमा ३३ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ। अन्य ३९.३० प्रतिशत निक्षेप भने संस्थागत र अन्य निक्षेपकर्ताको छ।
तथ्याँक अनुसार चैतसम्ममा नेपाल बैंकको पब्लिक डिपोजिट सबैभन्दा धेरै छ। बैंकको कुल २ खर्ब ६२ अर्ब निक्षेपमा २ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ८२.२४ प्रतिशत हो।
यस्तै माछापुच्छ्रे बैंकको कुल १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेपमा १ अर्ब ११ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ७२.७४ प्रतिशत हो। यस्तै लक्ष्मी सनराइजको पनि ३ खर्ब १५ अर्ब रुपैयाँ निक्षेपमा २ खर्ब १५ अर्ब निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ६८.१९ प्रतिशत हो।
राष्ट्रिय वाणिज्य बैंकको पब्लिक डिपोजिट ६७.४४ प्रतिशत छ भने ग्लोबल आइएमई बैंकको ६७.०१ प्रतिशत र सिटिजन्स बैंकको ६६.३६ प्रतिशत छ।
नेपाल एसबिआइ बैंकमा भने पब्लिक डिपोजिट सबैभन्दा कम छ। उसको कुल १ खर्ब ७४ अर्ब निक्षेपमा ८७ अर्ब रुपैयाँ निक्षेप सर्बसाधारणको छ जुन कुल निक्षेपको ६१.७० प्रतिशत हो।
यस्तै हिमालयन बैंकको पनि पब्लिक डिपोजिट ५०.४८ प्रतिशत छ भने प्राइम बैंकको ५२.९७ प्रतिशत र कुमारी बैंकको ५३.२४ प्रतिशत रहेको छ।