नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार काराेबार भएकाे सुनको मूल्य हालसम्मकै उच्च हो ।
यस्तै यस दिन चाँदीको मूल्यमा पनि भारि गिरावट भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
![](https://images.merolagani.com/Uploads/Repository/638535267117580372.png)