५ बजेसम्म बैंकहरुको मोबाइल बैंकिंग नचल्ने, क्यूआर स्क्यान लगायतका डिजिटल सेवा प्रभावित हुने

Jun 10, 2024 01:50 PM Merolagani

सोमबार ४ घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको छ। फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको हो।

भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार बिहान १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

अधिकाँश बैंकहरुको अनलाइन बैंकिंग फोनपेले सञ्चालन गरेको छ। यसले गर्दा क्यूआर स्क्यान लगायतका डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।

comments powered by Disqus

शेयर बजारमा 'फेक वायर', बजार सञ्चालक र नियामक दुवै बेखबर, सर्वसाधारण लगानीकर्ता जोखिममा

Jun 06, 2024 06:06 AM

सुवास निरौला

दोस्रो बजारमा दुई थरी लगानीकर्ता छन्। एक थरी वास्तविक लगानीकर्ता छन्। जसले आफूलाई शेयर किन्न र बेच्न व्यस्त राख्छन्।