एउटा हात्तीले थाईल्यान्डमा गरेको चमत्कार ! विश्वभरका पर्यटकका लागि मुख्य आकर्षण बन्दै

Jun 17, 2024 03:19 PM Merolagani

चमत्कार ! यो एउटा यस्तो शब्द हो, जस्ले विश्वका हरेक मानिसलाई आकर्षण गरिरहेको हुन्छ । त्यसैक्रममा गतसाता थाईल्यान्डमा भएको एउटा घटना विश्वभरका प्रकृति प्रेमी र पर्यटकहरुको लागि ‘एकदमै अनौठो चमत्कार’ बनेको छ । र, अहिले थाइल्याण्डमा रहेका पर्यटकहरुबीच ८ जुनमा भएको उक्त चमत्कार हेर्नको लागि एक प्रकारको प्रतिस्पर्धा नै चलिरहेको छ । 

मानौं, उक्त चमत्कार नहेरे, थाइल्याण्ड जानुको सार रहँदैन । त्यसैले विश्वका प्रमुख मानिएका विविसी, सिनिएनएन जस्ता संचार माध्यमहरुले पनि उक्त घटनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका छन् ।

उक्त चमत्कार हेर्दा अति सामान्य तर विश्वमा विरलै हुने घटना हो । थाईल्यान्डको पुरानो राजधानी अयुथियमा रहेको एउटा हात्ती स्याहार केन्द्रमा ३६ वर्षीय चम्चुरी नामक ढोई अर्थात् पोथी हात्तीले जुम्ल्याहा सन्तान जन्माइ । अरु जनावर भएको भए जुम्ल्याहा सन्तान जन्माउनु कुनै आश्चर्यको विषय हुने थिएन तर ढोई (अर्थात पोथी हात्ती)ले जुम्ल्याहा छावा जन्माउनु आफैमा आश्चर्यको विषय हो । यस्तो घटना थाइल्याण्डमा मात्र होइन, विश्वमै विरलै मात्र हुने गर्छ ।

८ जुनमा चम्चुरीले एउटा पुरुष छावा जन्माएपछि हात्ती रहेको ‘अयुथिय एलिफेन्ट प्यालेस एन्ड रोयल क्रार्ल’ले प्रशुतिकार्य सकिएको ठानेको थियो । तर, त्यहाँका कर्मचारीले पहिलो छावालाई सफा गर्दै उसलाई उभिन सिकाउने प्रयास गर्दा गर्दै उनीहरूले जोडले केही खसेजस्तो सुने । त्यो आवाज केही मिनटको अन्तरालमा चम्चुरीले जन्माएको जुम्ल्याहा सन्तान भुईंमा खस्दाको थियो । जुम्ल्याहा मध्ये एउटा सन्तान पुरुष छावा र अर्काै केटी छावा छन् ।

पशुपंक्षीको क्षेत्रमा काम गर्ने सेभ द एलिफेन्ट्स नामकसंस्थाका अनुसार जुम्ल्याहा छावाको जन्म एक प्रतिशत मात्रै हुने गर्छ र ती पुरुष र महिला हुनु त अझ दुर्लभ मानिन्छ । त्यसैले उक्त घटनाको कति महत्व छ भन्ने कुरा उक्त जन्मसँगै अयुथिय एलिफेन्ट प्यालेस एन्ड रोयल क्रार्लले ती जुम्ल्याहालाई सोसल मिडियामा लाइभ गरेर देखाएको र त्यो लाइभलाई एकसाथ लाखौंले हेर्दै प्रतिकृया जनाएबाट स्पष्ट हुन्छ ।

त्यसयता बालबालिकासहित पार्क भ्रमण गर्नेहरूले जुम्ल्याहा छावा हेर्न दिइएको छ । तर त्यसअघि उनीहरूले आफ्ना जुत्ता चप्पल र हातलाई निष्क्रमण गर्नुपर्ने नियम राखिएको छ ।

अधिकांश जनसंख्या बौद्ध मार्गी रहेको थाईल्यान्डमा हात्तीलाई पवित्र जनावर मानिन्छ । ती त्यहाँका राष्ट्रियताको प्रतीक समेत हुन् ।

(तस्विर विविसी)

 

comments powered by Disqus

बालेनले चेतावनी दिँदै भने- काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

Jun 16, 2024 12:03 PM

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्।