गर्मीबाट दिक्क भएकालाई आयो एसी ज्याकेट

Jun 18, 2024 01:21 PM Merolagani

देशभर गर्मी बढिरहेकाे छ । खासगरी, तराई भूभागमा तातो हावा तथा लू चलेकाले सर्वसाधारणहरुको जनजीवन प्रभावित बनेको छ ।

घरभित्र त कम्तिमा पंखा, कुलर वा एसीको सहारा लिन सकिन्छ । तर बाहिर काममा जानु पर्नेले के गर्ने ? यस्तो दिकदारीको अवस्थामा यतिबेला प्राय सबै नै हुनुहुन्छ । तर अब भने यो समस्याको समाधान पाइने भएकाे छ ।

खासगरी, भारतमा याे ज्याकेटकाे प्रयाेग सुरू भइसकेकाे छ । भारतीय प्रहरीहरुलाई यो ज्याकेट वितरण गरिएको छ । भारतस्थित गुरुग्राम प्रहरीले यो पहल गरेको हो । अहिले यो ज्याकेट लगाएर ट्राफिक प्रहरीले आफ्नो काम गरिरहेका छन् । यो गर्मीमा उभिरहने प्रहरीका लागि राहत मिल्नेछ ।

भारतीय संचारमाध्यमका अनुसार भारतीय ट्राफिक प्रहरीले एसी ज्याकेट धेरै हदसम्म गर्मी कम गर्न सहयोग गरेको र गर्मीमै बस्नपरे पनि राहत दिने बताएका छन् । उनीहरुले यो ज्याकेट अति सजिलो र आरामदायक भएको पनि बताएका छन् । 

के हो एसी ज्याकेट ?

एसी ज्याकेटको सहयोगले सजिलैसँग चर्को घाममा डुल्न वा बाइकमा यात्रा गर्न सकिन्छ । यसरी यो ज्याकेटले हरकाेहिलाई गर्मीबाट जोगाउँछ । 

एसी ज्याकेटले कसरी काम गर्छ ?

एसी ज्याकेटभित्र आइस क्यूबको प्याड रहेको हुन्छ । यस्तो अवस्थामा फ्यानको सहयोगमा ज्याकेट भित्रको तापक्रम धेरै कम हुन पुग्छ ।

कति छ यो ज्याकेटको तौल ?

प्रहरीका अनुसार यो ज्याकेट लगाउन धेरै सजिलो छ । यसको तौल करिब २ देखि साढे तीन किलोसम्म रहेको छ । एसी ज्याकेटलाई साइजका अनुसार मिलाउन सकिनेछ ।

हाल यो ज्याकेटको परीक्षण भइरहेको छ । यो भेन्टिलेटेड ज्याकेट हो ।

कति पर्छ ?

एयर कन्डिसनर भएको ज्याकेट अनलाइन ई- कमर्स प्लेटफर्ममार्फत किन्न सकिनेछ। यो ज्याकेटको मूल्य ८,००० रुपैयाँदेखि २९,००० नेपाली रूपैयाँसम्म पर्दछ। यद्धपी नेपाली बजारमा भने यसकाे उपलब्धता खासै देखिँदैन ।

सुविधाहरू र ब्याट्री

यस ज्याकेटमा 10000mAhकाे यूएसबी ब्याट्री छ, जसमा ४ फ्यान र एउटा केबल पाउन सकिनेछ। यो ज्याकेट दैनिक १३ घण्टासम्म चल्न सक्छ। याे वाटरप्रूफ ज्याकेट सजिलै लगाउन सकिन्छ।

brrf व्वेयरेबल फ्यान

९ वटा ब्लेड फ्यान भएको यो ज्याकेट लगाउँदा गर्मीको अनुभव हुनेछैन। यो ज्याकेट स्लिभलेस पनि पाउन सकिन्छ । सो ज्याकेटमा 10000 mAh ब्याट्री उपलब्ध छ र यो महिला र पुरूष दुवैले लगाउन सक्छन्। यो ज्याकेट एकदम स्टाइलिश पनि छ र तपाईले यसमा रंग विकल्पहरू प्राप्त गर्न सकिन्छ। यस ज्याकेटमा ४ रनिङ स्पीड मोडहरू पाउन सकिनेछ। यो ज्याकेटले १४ घण्टाको ब्याट्री ब्याकअप दिन सक्छ तर यो कति समय टिक्छ यसको गतिमा निर्भर गर्दछ।

एयर कन्डिसन्ड ज्याकेट-९ ब्लेड्स फ्यान

यो कूलिङ ज्याकेटको मूल मूल्य करिब १० हजार रूपैयाँ पर्दछ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

बालेनले चेतावनी दिँदै भने- काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

Jun 16, 2024 12:03 PM

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्।