विदेशमा रहेकी प्रेमिकासँगकाे मनमुटावले लियाे प्रहरी जवानकाे ज्यान

Jun 19, 2024 02:06 PM Merolagani

नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक प्रहरीले आज बिहान आत्महत्या गरे । दोलखास्थित मेलुङ गाउँपालिका–४ का प्रहरी जवान अजित गोलेले प्रेम सम्बन्धमा आएको खटपटका कारण आत्महत्या गरेको खुलेको छ ।

बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा २२ वर्षका गोले मृत अवस्थामा फेला परेका थिए । गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली आफ्नै निधारमा प्रहार गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्युको कारण प्रेम सम्बन्ध रहेको देखाउँछ । विदेशमा रहेकी प्रेमिकासँग मनमुटाव हुँदा उनी मानसिक रुपमा विक्षिप्त भएको प्रहरीको भनाइ छ ।

गोले केहि समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । प्रेम झांगिदै गएपछि केहि समय अघि उनले प्रमिकासँग इन्गेजमेन्ट समेत गरेका थिए । तर पाँच महिना अघि गोलेकी प्रेमिका वैदेशिक रोजगारीका लागि दुबई उडेकी थिइन् । जसपश्चात् उनीहरुको सम्बन्धमा तिक्तता सुरु भएको अनुसन्धानबाट खुलेको छ ।

खासगरी, उनी मृत भेटिएको शौचालयको भित्तामा राखिएको मोबाइलमा प्रहरीले खोजतलास गर्दा यस्तो तथ्य फेला परेको हो । आज बिहान पनि गोले र उनकी प्रेमिकाको सामाजिक संजालमा मार्फत कुराकानी भएको पाइएको छ । उनीहरुबीचमा विवाद भएको र गोलेले मर्छु भन्दै धम्की दिएको मोबाइलबाट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि गोलेले आफ्नी प्रेमिकालाई समय नदिएको आरोप लगाउँदै पटकपटक मर्ने धम्की दिने गरेको उनीहरुको कुराकानीमा देखिन्छ । उनीहरुबीचको कुराकानीमा गोलेले पैसा लगानी गरेर प्रेमिकालाई विदेश पठाएको पनि देखिएको छ।

बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मको उनकाे ड्युटी थियाे । उनी २ नम्बर गेटमा हतियारसहित खटिएका थिए ।

आज बिहान पनि उनीहरुबीच कुराकानी भएको थियाे र गोलेले मर्छु भनेर प्रेमिकालाई म्यासेज पठाएपछि भिडियो कल भएको देखिएको छ । भिडियो कल र गोलेको मृत्यु सँगसँगै भएको प्रहरीको भनाइ छ ।

उनले भुईँमा बन्दुक राख्दै निधारतर्फ तेर्साइ खुट्टाले ट्रिगर दाबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ ।

नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी जेठ २८ देखि संसद भवनमा खटिएका थिए। गाेले २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए ।

comments powered by Disqus

बालेनले चेतावनी दिँदै भने- काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

Jun 16, 2024 12:03 PM

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्।