Tue, Jul 02, 2024
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।
परीक्षामा ४ जीपीए ल्याउने १८६ जना रहेका छन्।
एसईई परीक्षामा कुल ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। बाँकी परीक्षार्थीहरुले एनजी अर्थात ननग्रेड ल्याएका छन्। बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। सो निर्देशिकामा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको बताइएको छ। कसरी हेर्ने नतिजा?
एसईई परीक्षामा कुल ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। बाँकी परीक्षार्थीहरुले एनजी अर्थात ननग्रेड ल्याएका छन्।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। सो निर्देशिकामा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको बताइएको छ।
कसरी हेर्ने नतिजा?
बाबुराम ढकाल
विद्यालय शिक्षाको फलामे ढोका मानिने एसईईको परिक्षाफल प्रकाशित भयो । परिक्षा दिएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये २ लाख २२ हजार ४७२ अर्थात ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए ।