बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसैगरी बैठकले नयाँ सत्ता समिकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।
त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको नेपाली काँग्रेसले जनाएको छ ।