आज अख्तियारका कर्मचारीले मेयर महर्जनकाे कार्यकक्षमै पुगेर उनलाई प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि बोलाइएको पत्र दिएका हुन् । मेयर महर्जनलाई २६ र २८ असारमा अख्तियारले टंगालकाे कार्यालयमा बाेलाएकाे छ ।
यसअघि, २०७७ सालमा धापाखेल क्षेत्रका बाढी पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएकाे भन्दै उनीमाथि उजुरी परेकाे हाे । जसका लागि मंगलबार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।
हिजाे मात्र ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको चाकुपाटमा रहेकाे घरले सार्वजनिक जग्गा मिचेको भन्दै डोजर चलाएकाे थियाे । त्यसपछि, अख्तियारले हिजाे र आज गरी दुईवटा पत्र पठाएर उनलाई बयानका लागि बोलाएको हो ।