प्रि ओपन सेसन अपडेटः करिब ३५ अंक बढ्यो नेप्से

Jul 14, 2024 10:53 AM Merolagani


साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.७९ अंक बढेर २२३९.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.३३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १९२ स्टकको ८९४ पटकको कारोबारमा ६ करोड ८२ लाख ७३ हजार ७२७ रुपैयाँ १० पैसाबराबरको १ लाख ८० हजार ५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

Jul 13, 2024 12:49 PM 0

तिलक कोइराला

शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।