खतिवडाले नेताहरूको अशुभ कामना गर्दै अनुष्ठान गर्न लागेको हल्ला चलेकाे थियाे। साेहि अनुष्ठानकाे प्रचार चलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खतिवडालाई आज उनकै घरबाटै पक्राउ गरिएकाे हाे । नियन्त्रणमा लिएर प्रहरीले उनलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखेको छ।
खासगरी, खतिवडा आपत्तिजनक प्रयोजनका लागि धार्मिक अनुष्ठान गरेकाे भन्दै काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएकाे हाे । चार दिनअघि, सामाजिक संजालमा खतिवडाले नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको पाेष्ट गरेका थिए । उनले उक्त भिडियाेमा सबैलाई साथ दिन पनि अनुराेध गरेका थिए ।
पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको भन्दै जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’