धनगढीका लागि उडेकाे विमानमा एयर हाेस्टेजमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

Jul 31, 2024 12:52 PM Merolagani



एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेपछि एक युवक पक्राउ परेका छन् । प्रहरीले श्री एयरलाइन्सकी एक एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको हाे ।

साेहि आरोपमा प्रहरीले शिवराज ओझालाई नियन्त्रणमा लिएकाे हाे । ओझा कैलालीको गोदावरी नगरपालिका–१ का हुन्।

मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेकाे विमानमा सवार यात्रुले साेहि विमानकी एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीका अनुसार उनले एयरहोस्टेजलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेकाे बताइएकाे छ ।

प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।