Tue, Aug 20, 2024
आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।
यससँगै शेयर बजार आगामी साता तीन दिन मात्र खुल्ने भएको हो । आइतबार, बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।
भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।