वाणिज्य बैंकहरु बढेपछि नेप्से सूचक पनि फराकिलो अंकले वृद्धि भएको छ । बजार सूचक ४२ अंकले बढेर तीन हजार माथि पुगेर बन्द भएको छ ।
कतिपय बैंकहरुको मूल्य सकारात्मक सर्किट लाग्ने गरी बढेको छ । बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको छ भने संस्थागत लगानीकर्ताको उपस्थिती पनि बढ्दो छ। जसले गर्दा लगानीकर्ताको रोजाईमा आधारभूत रुपमा बलिया कम्पनीहरु परेका छन् । शेयर बजारमा संस्थागत लगानीकर्ता अझै भित्रनै बाँकी रहेको बजार विश्लेषक सुन्दर रायमाझीले बताए ।