२३ वर्षीय सुस्मा दोलखास्थित मेलुङ-४ की बासिन्दा हुन् । सुस्मा काठमाडौंको बागबजार बस्दै आएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएपछि चालक ट्रकको चक्कामुनि परेका हुन् । स्थानीयले चालकलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । अवस्था तात्तिदै गएपछि गठ्ठाघरमा अश्रुग्यास प्रहार गरिएकाे थियाे ।