बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन एक खर्ब तान्दै राष्ट्र बैंक

Aug 18, 2024 01:38 PM Merolagani



बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि एक खर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले भदौ २ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।